site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेट्रोलियम डिलर्स एसोसिएशनको कार्यालयमा आइसोलेशन 
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । 

कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका सङ्क्रमितका लागि नभई कोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयार गरिएको हो ।  

कार्यालयमा अहिले १० श्ययासहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक औषधि, मास्क, स्यानिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै भान्सा र मनोरञ्जनका सामग्रीसमेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।  

Global Ime bank

पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदूर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका सङ्क्रमितलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने उनको भनाइ छ । पहिलो चरणमा १० श्यया निर्माण गरिए पनि कार्यालयको क्षमता २० श्ययासम्म राख्न सकिने गरी विस्तार गरिएको र सम्भव भए अक्सिजन सिलिन्डरसमेत व्यवस्था मिलाइने गोगंजुले बताए । रासस

प्रतीकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC