site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गंगा नदी किनारमा भेटियो दर्जनौँ शव
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको गंगा नदी किनारमा दर्जनौँ शव भेटिएको छ । बिहार राज्यको बक्सर जिल्लास्थित नदी किनारमा कम्तीमा ४० शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।

कम्तीमा ३०–४० शव भेटिएको स्थानीय विकास अधिकारी अशोक कुमारले पुष्टि गरेका छन् । घाटमा बस्नेहरुसँगको सोधपुछ पछि ती शव उत्तर प्रदेशबाट बगेर आएको अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शवको अन्तिम संस्कारका लागि छिमेकी जिल्लाका जिल्ला अधिकारीहरुसँग समन्वय स्थापित गर्ने प्रयास भइरहेको बक्सर जिल्लाका जिल्ला अधिकारी अमन समिरले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

तर, स्थानीय पत्रकारहरुले भने प्रशासनको दाबीलाई अस्वीकार गरेका छन् । अहिले नदीको पानीमा धार नभएकाले लास अर्को जिल्लाबाट बगेर आएको हुन नसक्ने उनीहरुको दाबी छ । “मे ९ मा मैले पहिलोपटक करिब १०० लास देखेँ । तर, मे १० मा यो संख्या घटिसकेको थियो,” स्थानीय पत्रकार सत्यप्रकाश भन्छन्, “कोरोनाका कारण अहिले बक्सरको घाटमा लास जलाउने ठाउँ छैन । त्यसैले अहिले लासहरु आठ किलोमिटर टाढाको घाटमा लगिइन्छ ।” सो घाटमा जलाउने दाउरा नहुनेलगायत विविध कारणले मानिसले नदीमा नै लास बगाइरहेको उनले बताए ।

Global Ime bank

पत्रकार सत्यप्रकाशको भनाइलाई सो घाटमा रहने पन्डित दिन दयाल पाण्डेले पनि पुष्टि गरेका छन् । पहिले दैनिक तीन-चारवटा शव आउने गरेकोमा पछिल्लो दुई हप्तादेखि औसत २० शव आइरहेको उनले बताए । “यो कोरोना संक्रमितको शव हो । लासलाई बगाउन हामीले अस्वीकार गरे पनि मानिस हाम्रो कुरा मान्दैनन्,” पाण्डेले भने ।

बक्सर प्रशासनले ती शवहरु डोजर लगाएर गाड्ने प्रक्रिया सुरु गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC