काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारण बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको दाबी गरेका छन् ।
बिहीबार उनले सामाजिक सञ्जालमार्फत कोभिड–१९ को उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सहयोगको लागि अपिल पनि गरेका छन् ।
“अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको छ । कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौँ,” उनले लेखेका छन् ।
पछिल्ला दिनमा कोभिड–१९ का संक्रमितलाई आवश्यक अक्सिजनको अभाव भएको गुनासो बढ्दो छ ।