site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघ दाङको भवनमा ६ बेडको आइसोलेसन कक्ष स्थापना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दाङ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर दाङमा संक्रमित पत्रकारहरूका लागि अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाका अस्पतालहरूमा उपचारका लागि बेडहरू पाउन कठिन भइरहेका बेला नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लाका संक्रमित पत्रकारहरूका लागि अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेको हो

पत्रकारलाई सहज रूपमा उपचार गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ दाङको भवनमा अक्सिजनसहित ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मंगलबार आइसोलेसन व्यवस्थापनका लागी दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतमा बैठक बसेको थियो ।

बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकारका लागि स्थापना भएको आइसोलेसन व्यवस्थापनका लागी महासंघ दाङ शाखा अध्यक्ष केसी संयोजक, कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघ संगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ । 

Royal Enfield Island Ad

यस्तै उपाध्याक्ष बसुन्धरा गौतमतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आरके शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरू उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनरहरूका लागि पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेसन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ । 

साथै नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने पनि निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro