site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर तिर्ने समय थप गर्न महासंघकाे आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियन्टकाे संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनुपर्ने कर राजस्वको विवरण र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ ।

महासंघले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्नेम्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोभिड महामारिका कारण दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुंदा समय थप गर्न महासंघले आग्रह गरेको छ ।

अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको महासंघले जनाएको छ ।

"सार्वजनिक यातायात संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित छन् । महामारि कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था छैन । बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससंग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग हुन समेत महासंघ हार्दिक अपिल गर्दछ," जारी विज्ञप्तिमा भनिएकाे छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro