site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सडकमा असरल्ल छोडिएका अनधिकृत निर्माण तथा प्रचार सामग्री हटाउँदै छ । नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको हो ।

सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम पनि गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्छन्, ‘‘सबैको काम गर्ने ठाउँ सडक नै हो । तर, काम सकेर उब्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँ–ठाउँमा केही न केही अनावश्यक सामग्री थुप्रिएका छन् । यस्ता सामग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ ।”

महानगरका ठूला आठवटा आकाशे पुलमा राखिएका प्रचार सामग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामग्री उक्काउन कठिन भएकोले रङ पोतेर छोडिएको छ ।

Global Ime bank

‘‘अप्ठ््यारा ठाउँमा राखिने भएकोले यस्ता सामग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर, यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ,” सापकोटाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC