site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सर्जिकल मास्कले प्रदूषणको जोखिम बढाउने अध्ययनको निष्कर्ष
Sarbottam CementSarbottam Cement

लन्डन । सर्जिकल मास्कले वातावरणलाई दूषित गर्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । बेलायतको स्वानसी विश्वविद्यालयका अध्येताको टोलीले गरेको अध्ययनले सर्जिकल मास्कले रासायनिक प्रदूषण तथा नानोप्लाष्टिक उत्सर्जन गर्न सक्ने औँल्याएको हो ।

प्रयोग गरेर फालिएको यस्ता मास्क पानीमा डुबाउँदा धातु र प्लास्टिक फाइबर निस्किएको भन्दै वैज्ञानिकहरुले यसमा थप अध्ययन गर्नुपर्ने बताएका छन् । “महामारीअघि हामी प्लास्टिक स्ट्र, प्याकेजिङ घटाउने विषयमा काम गरिरहेका थियौँ । तर, अहिले सयौँ, हजारौँ मास्क डिस्पोज गरिरहेका छौँ,” अध्ययन टोलीका प्रमुख डा. सार्पर सार्पले भने, “हामीले हाम्रा प्राथमिकतालाई क्रमबद्ध गर्न जरुरी छ । सबैभन्दा पहिले महामारीबाट जोगिन र जनस्वास्थ्यको रक्षा गर्नुपर्छ । त्यसपछि वातावरण संरक्षण गर्न कदम चाल्न आवश्यक छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्षको नोभेम्बरसम्म अध्ययनकर्ताको ध्यान वातावरणमा प्लास्टिकले पार्ने प्रभावको विषयमा मात्र केन्द्रित थियो । तर, पछि धेरैभन्दा धेरै परीक्षण गर्दै जाँदा उनीहरुले मास्कमा धेरै रसायनहरु भेट्टाए । यी रसायनहरु मास्क उत्पादन गर्दा प्रयोग गरिने रङहरुसँग सम्बन्धित रहेको बताइएको छ । परीक्षण गरिएका हरेक मास्कबाट हानिकारक रसायन निस्किएको थियो ।

अध्ययनकर्ताहरुले लिड (सिसा), एन्टिमोनी र क्याडमियमजस्ता बढी भार भएका धातुहरु भेट्टाएका छन् । यस्ता धातुहरु निकै सानो परिमाणमा भेटिएका बताइएको छ । यद्यपि, बढी भार हुने यस्ता धातुहरु सञ्चित भएर लामो समयसम्म रहने स्वानसी विश्वविद्यालयका डा. गेराएन्ट सुलिवान बताउँछन् । यसको अर्थ यी धातुमा मिसिएपछि पानीबाट छुट्ट्याउन सकिँदैन र समयान्तरमा झनै धेरै सञ्चित हुँदै जान्छन् ।

Global Ime bank

यो समस्या तत्कालका लागि ठूलो नदेखिए पनि यसले भविष्यमा गम्भीर खतरा उत्पन्न गर्न सक्ने डा. सार्प बताउँछन् । “मास्क लगाउनुको फाइदा धेरै छ । यसको प्रयोग गर्नुपर्छ । तर, मास्कको मानकीकरण र मास्क बनाउन प्रयोग हुने सामग्रीको गुणस्तरको विषयमा भने फरक नियम बनाउन आवश्यक छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC