site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै मास्क नलगाइ हिँड्छन् मानिस
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नयाँ भेरियन्टसहित कोभिड–१९ संक्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाइ हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मानिसले जान्दा–जान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाइ हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाइ हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई ‘होल्डिङ जोन’मा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वास्थ्यविज्ञहरुले मास्कको प्रयोगले कोरोनाभाइरस संक्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ । सोही अवधिमा तोकिएको मापदण्ड उल्लंघन गर्ने एक हजार ८६ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना समेत गराएर छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ ।

Royal Enfield Island Ad

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी–साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro