site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जन्मदिनको उपहारका लागि ३५ महिलासँग एकैपटक प्रेम सम्बन्ध राख्ने व्यक्ति पक्राउ 
Sarbottam CementSarbottam Cement

टोकियो । जापानका एक ३९ वर्षीय पुरुषलाई जन्मदिनको महङ्गा उपहारका लागि ३५ जना माहिलासँग एकैपटक प्रेम सम्बन्धमा रहेर ठगीको प्रयास गरेकामा पक्राउ गरिएको छ । सयौँ पाउन्ड बराबरको उपहार प्राप्त गर्नका लागि उनले त्यस्तो गरेको खुलासा भएको छ । 

ताकाशी मियागावा नामक ती व्यक्तिले प्रत्येक महिलालाई आफ्नो फरक जन्मदिनको मिति दिँदै आफू गहिरो सम्बन्धमा बाँधिन चाहेको भनेर फसाएका थिए । यस्तोमा उनले ती सबै महिलाहरु बाट झनडै १ लाख जापानी येन भन्दा धेरैको उपहार प्राप्त गरेको र साथै ३० हजार येनको सुट पनि हात पारेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर ती महिलाहरुले बिस्तारै उनको स्क्यामबारे थाहा पाएर एउटा संगठन निर्माण गरि फेब्रुअरीमा प्रहरीका उजुरी दिएका हुन् । अहिले उनलाई ठगीको आरोपमा पक्राउ गरिएको छ । 

उनले ४७ वर्षकी एक महिलालाई आफ्नो जन्मदिन २२ फेब्रुअरी हो भनेका थिए, अर्की ४० वर्षीयालाई जुलाइमा र अर्को एकजनालाई चाहिँ अप्रिलमा भनेका थिए । जबकी उनको वास्तविक जन्मदिन १३ नोभेम्बरमा भएको बताइएको छ । स्थानीय रिपोर्टका अनुसार मियागावाले ती महिलाहरुलाई मार्केटिङ कम्पनीका लागि काम गर्दा भेटेका थिए । एक पीडीत महिलाले भनेकी छन्, “मैले उनलाई गम्भीर हुने भए मात्र म सम्बन्धमा बस्ने भनेकी थिएँ । यसको जवाफमा उनले ‘म तिमीसँग मेरो बाँकी जीवन बिताउन चाहान्छु म वास्तवमै गम्भीर छु’ भनेका थिए । ”

Global Ime bank

एमबीएस न्युजले प्रकाशित गरेका तस्बिरहरुमा मियागावा विभिन्न महिलाहरुसँग रेस्टुरेन्टमा अनि पार्कमा घुम्न गएको देख्न सकिन्छ । एउटा तस्बिरमा चाहिँ उनी केकका साथ पनि देखिएका छन् जसमा ‘ह्यापी बर्थडे’ लेखिएको थियो ।  इन्डिपेन्डेन्ट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC