site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा एकैदिन ३ लाख ८६ हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ४५२ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहर फैलिएपछि एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो नै पहिलो पटक हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारतमा हालसम्म २ लाख ८ हजार ३३० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

भारतमा हालसम्म एक करोड ८७ लाख ६२ हजार ९७६ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शव जलाउन घाटमा घण्टौं कुरेको र नयाँ घाट निर्माण गरिरहेका भिडियोहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गर्दै आएका छन् । 

संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ । 

संक्रमितको उपचारका लागि भारतलाई अरुदेशले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro