site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीयूमा उपचाररत भनिएका सांसद शाही ह्विलचियरमा देखिएपछि‍‍...
SkywellSkywell

पोखरा । चरक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही ह्विलचियरमा देखिएका छन । उनलाई ह्विलचियरमा राखेर वार्डबाट बाहिर निकालेको भिडियो बाह्रखरीलाई प्राप्त भएको छ ।

भिडियो र फोटोमा कोभिड संक्रमित भई उपचाररत भनिएका सांसद शाहीको अनुहार प्रष्टै देखिन्छ ।

तर, उनका स्वकीय सचिव ढालेन्द्र हमाल (मिलन) ले चाहिँ सांसद शाही आईसीयूमा नै उपचाररत रहेको दाबी गरेका छन् । भिडियो र फोटोमा देखिएको अनुहार सांसद शाहीको नरहेको उनको दाबी छ ।

KFC Island Ad
NIC Asia

सांसदज्यूलाई अर्को वार्डमा सारिएको हो भन्ने प्रश्नमा हमालले भने, “माननीयज्यूलाई अर्को वार्डमा पनि सारिएको छैन । उहाँ आईसीयूमा नै हुनुहुन्छ ।”

सामाजिक सञ्जालमा आएको भिडियो आफूले पनि हेरेको र त्यहाँ देखिएको अनुहार सांसद शाहीको नरहेको साथै त्यो हल्लामात्रै रहेको उनले ठोकुवा गरे ।

Royal Enfield Island Ad

“होइन, त्यो हल्ला मात्रै हो । म सामाजिक दुरी कायम राखेर माननीयसँग भेटेको छु । त्यो भिडियोमा देखिएको माननीय नै होइन, हल्ला हो ।” हमालले भने ।

तर, उनी आफैले भिडियो लिक भएको भने स्वीकार गरेका छन् ।

“कुन भाइले लिक गरिदिएछ । कहाँ माननीय हुनु ? अनुहार हेर्नु न त्यहाँ । फोटो, भिडियो दुवैमा देखिनुभएको माननीय होइन, ढुक्क हुनुहोस ।” उनले भने ।

उनले यतिमात्र भनेनन्, प्रश्नकर्तालाई नै भिडियो खिचाएको भन्ने आरोप समेत लगाए ।

“तपाइले खिचाएको भए त अर्कै कुरा भयो । माननीयज्यू आईसीयूमा नै हुनुहुन्छ । उपचार भइरहेको छ ।” उनको दाबी छ ।

सांसद शाहीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको पनि उनले जानकारी दिए ।

“१० मिनेट अगाडि म भेट भएको थिएँ । केही सुधार भएको छ । कोभिडको कारणले गर्दा नजिक जान म आफै डराइरहेको छु । अब उहाँको अनुहार हो भने मेरो भन्नु केही छैन, आधिकारिक कुरा चाहिँ उहाँ आईसीयूमा नै हुनुहुन्छ,” उनले भने ।

यता अस्पतालका निर्देशक कपिल पोखरेलले चाहिँ, “सिटी स्क्यान गर्न लगिएको” हुनसक्ने बताए ।

“कोभिड लागेको मान्छे भएतापनि कोरोना वार्डमा काम गर्ने मान्छेले फेस सिल्ड, मास्क लगाएको हुन्छ । चरकमा कोभिडका बिरामीलाई लाष्टमा बोलाउँछौँ । नर्मल सिटी स्क्यान गर्ने मान्छे सकिएपछि कोभिड लागेका मान्छेलाई सिटी गर्छौँ, र फेब्रिकेसन गर्छौँ ।” उनले भने ।

सांसद शाहीकै कारण अस्पताल र आफूलाई जोडेर अनर्गल प्रचार गरिएको भन्दै उनले सांसद शाहीलाई डिस्चार्ज गर्नका लागि कोअर्डिनेसन गरिदिन आग्रह समेत गरे ।
“बिरामीको भित्र भाइ हुनुहुन्छ, हामीले उपचार देखेको उहाँले देख्नुभएको छ । तपाइकै मिडियाले कोअर्डिनेसन गरिदिनुहोस्, मनकुमारी गुरुङलाई झैँ हामीले पनि उहाँलाई डिस्चार्ज गरिदिन्छौँ,” उनले भने ।

चरक अस्पतालको कोभिड वार्डमा उपचाररत अर्की कांग्रेस सांसद मनकुमारी गुरुङ चाहिँ बिहिबार अर्को अस्पतालमा स्वेच्छाले रिफर भएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro