site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ : सङ्क्रमितले भरियाे कोसी कोभिड अस्पताल, सुविधा नपाएपछि स्वास्थ्यकर्मी असन्तुष्ट
Sarbottam CementSarbottam Cement

विराटनगर । लक्षणसहितका कोरोना संक्रमित देखिन थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा रहेका ७५ बेडमध्ये सोमबारसम्म भेन्टिलेटरको व्यवस्था भएका ३२ ओटा बेड भरिसकेका छन् ।

अरू बेडमा भेन्टिलेटरसहितको सुविधा नरहेकोले लक्षणसहितका थप संक्रमित भर्ना लिने अवस्था नरहेको अस्पतालका निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिन । “लक्ष्यणसहितका बिरामीलाई भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ,” उनले भने ।

उनकाअनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता कडा लक्ष्यणसहितका बिरामीहरू उपचारका लागि आइरहेका छन् । अस्पतालका आईसीयू र भेन्टिलेटर कोरोना बिरामीले भरिएको उनले सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

गत चैत २४ गतेबाट कोसी कोभिड अस्पताल पुनः सञ्चालनमा आएको हो । कोरोना संक्रमित शून्य हुँदा अस्पतालका बेड खाली थिए । 

प्रदेश सरकारले सुरुमा ८० बेड क्षमताको कोसी कोभिड १९ उपचार केन्द्र सुरु गरेको थियो । पछि विराटनगरसहित प्रदेशभर कोरोना संक्रमित थपिन थालेपछि ‘अक्जिसन सर्पोट’ सहितको एक सय बेडको नागरिक केयर सेन्टर कोसी कोभिडकै परिसरमा खोलिएको थियो । विराटनगर महानगरपालिका, उद्योगी तथा व्यवसायीको पहलमा नागरिक केयर सेन्टरको नाममा बेड थप गरी अर्को भवनमा सेवा सुरु गरिएको थियो । यसमा अक्सिजन सुविधासहितका बेड जडान छन् । तर, विद्युतीय उपकरणहरू राख्ने काम बाँकी रहेकोले यसलाई सञ्चालन गर्न अझै केही दिन लाग्ने अस्पतालले जनाएको छ । 

Global Ime bank

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अहिले संक्रमितको संख्या हेर्दा नागरिक केयर सेन्टरलाई पनि तत्काल सञ्चालन गर्नुपर्ने देखिएको बताउँछन् । उनले कोरोनाको दोस्रो लहरका बेला अक्सिजन चाहिने बिरामीलाई प्राथमिकता दिएर सामान्य लक्ष्यण भएकालाई चिकित्सकको निगरानीमा घरमै ‘आइसोलेट’ भएर बस्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्रालयकाअनुसार सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा ७२ वटा आईसीयू र १९ ओटा भेन्टिलेटरसहितको एक सय बेडको सेवा सञ्चालनमा छ । कोसी अस्पतालमा आईसीयू ६ र ५ भेन्टिलेटर छन् । यसैगरी झापाको मेची प्रादेशिक अस्पतालमा ६ वटा आईसीयू सञ्चालनमा छन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले कोसीको नागरिक केयर सेन्टर बुधबारबाटै सञ्चालनमा ल्याउने तयारी भएको र निजी अस्पतालहरूलेसमेत कोरोना उपचारको सेवा सुरु गरेको जानकारी दिए । 

विराटनगरको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले कोरोना उपचार सुरु गरेको छ । न्युरो अस्पताल र विराट मेडिकल कलेजमा पनि कोरोना उपचारको लागि छुट्टै व्यवस्था छ । अघिल्लोपटक निजी क्षेत्रका यी तीन अस्पतालले संक्रमितको उपचार गरेका थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले अस्पतालमा फेरि कोरोना उपचारको लागि सेवा सुरु गरिएको जानकारी दिए । 

सुविधा नपाएपछि स्वास्थ्यकर्मी असन्तुष्ट
यसैबीच, कोरोनाको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले तोकेअनुसार सुविधा नदिएपछि उनीहरूले असन्तुष्टि जनाएका छन् ।

गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयले कात्तिकसम्मको मात्रै तलबलगायत सुविधा दिएको छ । प्रदेश सरकारले संक्रमितको उपचारका लागि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालन गरिरहेको छ । तर, संक्रमतिको संख्या शून्यमा झरेपछि एक महिनाको बिदा बसेर फेरि अस्पतालमा काममा फर्किएका स्वास्थ्यकर्मीलाई राज्यले तोकेअनुसारको सुविधा पाउन सकेका छैनन् । 

उपचार केन्द्रका संयोजक एपोलो भगतकाअनुसार हाल कोसी कोभिड अस्पतालमा ३२ जना संक्रमित उपचाररत छन । त्यहाँ छ जना नर्स, तीन जना परामेडिक्स र पाँच जना चिकित्सव सेवारत छन् । एक जना नर्सबाहेक सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएर सेवा सुविधा दिन सरकारको ध्यानाकर्षण गराइरहेका छन् । ज्यान जोखिममा राखेर सेवा दिएपनि सेवा सुविधा दिन सरकारले आनाकानी गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

यसअघि सामाजिक विकास मन्त्रालयले कोभिड अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होटलमा क्वारेन्टिन राखेर त्यही खानेबस्ने प्रबन्ध मिलाएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि भने उनीहरू घरबाटै आइरहेका छन । कोसी अस्पतालका मेसु चुमनलाल दासले स्वास्थ्यकर्मीको मागबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय