site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतभित्रै श्रीमतीमाथि निर्घात कुटपिट

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमान्‌ले श्रीमतीमाथि कुटपिट गरेका छन् । आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवामाथि कुटपिट गरेका हुन् ।

उनीहरू सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत पुगेका थिए । न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो ।

तर, न्यायाधीशसमक्ष उपस्थित नहुँदै उनले सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । 

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ । दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीकी मनसुवाबीच ६ वर्षपहिले विवाह भएको थियो । श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् ।

उनीहरूको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro