site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मान्छेबाट बिरालोलाई कोरोना सर्ने सम्बन्धी थप प्रमाण फेला पर्यो 
Sarbottam CementSarbottam Cement

बीबीसी । स्कटिस वैज्ञानिकहरुले मान्छेबाट बिरालोमा कोभिड–१९ सरेका घटनाबारे अध्ययन गरि जीव–मानव बीचको संक्रमणमा थप प्रमाण फेला पारेका छन् । युनिभर्सिटी अफ ग्लासगोका अनुसन्धानकर्ताका अनुसार कोरोना लागेका बिरालो सामान्य लक्षण देखाउने देखि गम्भीर बिरामी समेत पर्न सक्छन् । 

विश्वभर वैज्ञानिकहरु अहिले घरपालुवा जीवजन्तुबाट मान्छेमा कोरोना फैलन सक्छ सक्दैन भन्ने विषयमा स्पष्ट हुनमा लागिरहेका छन् । उनीहरुले फेला पारेका दुई संक्रमित बिरोलालाई तिनकै घरमालिकबाट कोरोना सरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘भेटेरीनरी रेकर्ड’ मा प्रकाशित यस अध्ययनका अनुसार अहिलेसम्म बिरालो, या कुकुरबाट मान्छेमा कोरोना भएको चाहिँ कुनै स्पष्ट प्रमाण छैन । तरपनि घरपालुवा जीवजन्तुहरु भाइस जम्मा हुने ठाउँ बन्न सक्नेमा वैज्ञानिकहरुले धेरैपटक चिन्ता जनाइसकेका छन् जसले संक्रमण फैलाउन सक्छ । यसकारण पनि मान्छेलाई संक्रमित गर्नमा जीवजन्तुले केकस्तो भूमिका खेल्न सक्लान् भनेर बुझ्न महत्वपूर्ण रहेको उनीहरुले बताए । 

तुलनात्मक रुपमा कम जोखिम 

Global Ime bank

अध्ययनका प्रमुख नेतृत्वकर्ता एवम् भाइरस रिसर्चकी प्रोफेसर मार्गरेट होजी भन्छिन्, “हालसम्म जीवजन्तुबाट मान्छेमा संक्रमण हुने सम्भावना तुलनात्मक रुपमा एकदम कम छ । अहिले मान्छे मान्छेबीचको संक्रमण दर अति उच्च छ । तर मान्छेमा रोग कम हुँदै जाँदा जीवजन्तुहरुले भाइरसको अर्को श्रोतका रुपमा मान्छेमा पुनः संक्रमण फैलाउन सक्नेबारे बुझ्न एकदम जरुरी छ । ”

गम्भीर बिरामी परेको बिरालोको ‘पोस्ट मोर्टम लङ्स स्याम्पल’ हेर्दा फोक्सोमा धेरै क्षति पुगेको अनि भाइरल न्युमोनिया सहित सार्स–कोभी–२ संक्रमणको प्रमाण देखिएको हो । जीवजन्तुहरुमा परीक्षण सिमित हुने हुनाले पनि यस्ता घटना विश्वभर अज्ञात रुपमा रहेको हुन सक्ने उनीहरुले बताए । 

महामारी सुरु भएपछि देखि हङकङ, अमेरिका, बेल्जियम, फ्रान्स लगायत देशहरुमा बिरालो र कुकुर कोभिड–पोजेटिभ भएकाबारे थुप्रै खबर आएका थिए जो पनि घरमालिकबाटै संक्रमित भएको आशंका गरिएको थियो । त्यसकारण यो नयाँ अध्ययनले यस विषयमा थप गम्भीर विश्लेषण प्रदान गर्न सक्ने क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर जेम्स वुड बताउँछन् ।

उनले भने, “कुकुर र बिरालो संक्रमित भएकाबारे पहिले पनि खबर आएका छन् र यो खोज वास्तवमै उच्च गुणस्तरको छ जसले के कसरी संक्रमित भएको भन्ने पूरै ‘जेनोम सिक्वेन्स’ पनि समावेश गरेको छ । यस खोजलाई वेल्कम आइएसएसएफ कोभिड रेस्पन्स फन्डले आर्थिक सहायता प्रदान गरेको थियो र मेडिकल रिसर्च काउन्सिलले पनि समर्थन गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC