site stats
बाह्रखरी :: Baahrakhari
प्रदेश
Nabil BankNabil Bank
प्रदेश १ : काेराेना सङ्क्रमितको ग्राफ बढ्दाे, मन्त्री निरीक्षण र निर्देशन दिन व्यस्त
Sarbottam CementSarbottam Cement

विराटनगर । अघिल्लो वर्ष कोरोना महामारी सुरु नहुँदै १ नम्बर प्रदेश सरकारले कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको थियो । संघीय सरकारको नीतिअनुरूप भारतीय नाका भएर आउने मानिसको स्वास्थ्य परीक्षण गर्ने र स्थानीय तहलाई जिम्मा नलगाउन्जेलसम्म नागरिकलाई राख्न होल्डिङ सेन्टर सञ्चालन गरेको थियो । 

स्थानीय तहको क्वारेन्टिन व्यवस्थापनमा समन्वय गर्नेदेखि आर्थिक सहयोग गर्ने काम भएको थियो । तर, यो पटक न धेरै जोखिमयुक्त मानिएको भारतीय क्षेत्रबाट आउने नागरिकलाई व्यवस्थित गरिएको छ नत होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापनको काम अघि बढ्न सकेको छ ।

अघिल्लो वर्ष १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिर आफैँ सक्रिय भई कोभिड अस्पताल सञ्चालनदेखि होल्डिङ सेन्टरको व्यवस्थापनमा सक्रिय थिए । उदयपुरमा पहिलोपटक १२ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गराउनेदेखि निको भएपछि घर फर्काउनेसम्मका काममा मन्त्रीको सक्रियता देखिएको थियो ।
 
स्थानीय तहका क्वारेन्टिन व्यवस्थापन र समन्वय गर्नसमेत घिमिरेको खटेका थिए । तर, सत्तारुढ दलको आन्तरिक विवादसँगै फेरिएको राजनीतिक परिदृश्यबीच १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन जना मन्त्री प्राप्त गरिसकेको छ । यो पटक कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलन सुरु भएको छ । तर प्रदेश सरकार र स्थानीय तहले विगतमा जस्तो गरी काम थालेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

१ नम्बर प्रदेशमा तीव्र गतिमा फैलन सुरु भएको कोरोना संक्रमणको दोस्रो लहर व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारहरू उदासीन देखिएका छन् । परीक्षण, उपचार र संक्रमितसँगको सम्पर्कमा रहेकाहरूको पहिचान गर्न विगतमा भएजस्तो तदारुकता देखिएको छैन । नागरिक स्वास्थ्यको जिम्मेवारी पाएको सामाजिक विकास मन्त्रालय अझै सक्रिय भएको छैन । 

यो बीचमा सामाजिक विकास मन्त्री उषाकला राईले कोसी कोभिड अस्पताल र जोगबनी सीमा नाका निरीक्षण गर्न भ्याएकी छन् । तर, नीतिगत निर्णयको भने कार्यान्वयन हुन सकेको छैन । जोगबनी नाकाबाट मानिसको अनधिकृत आउजाउ निरीक्षण गर्न शुक्रबार पुगेकी मन्त्री राईले त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएकी छन् । कोसी कोभिड अस्पतालमा चाहिएजति चिकित्सक र स्वास्थ्यकर्मी थप्ने काम हुन सकेको छैन ।

Global Ime bank

सीमामा पुगेकी राईले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोरोनाको दोस्रो लहरलाई लिएर प्रदेश सरकार संवेदनशील बनेको बताइन् । “भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको । यसलाई प्रदेश सरकारले गम्भीरतका साथ लिएको छ । अब सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको तथ्यांक राख्ने र अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ ।” 

उनले दैनिक हजारौँको संख्यामा मानिसहरू नेपालतर्फ प्रवेश गर्दा जोखिम बढेको बताउँदै मुख्य नाकाबाट भन्दा चोरबाटो प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्न सुरक्षा निकाय चनाखो बन्नुपर्ने बताइन् ।

सरकारबीच नै समन्वय छैन
संक्रमणले गति लिएपनि नियन्त्रण गर्न ठोस कार्ययोजना नै बन्न नसक्दा नागरिक तहमा अन्योल देखिएको छ । प्रदेश र स्थानीय सरकारका नीतिगत निर्णय कार्यान्वनमा ढिलासुस्तीले बढेको छ । अर्कोतिर संक्रमणलाई नागरिकस्तरबाट सामान्य लिन थाल्दा जनस्वास्थ्यका मापदण्ड नमान्ने परिपाटी पनि बढ्दो छ । प्रदेश राजधानी विराटनगरमा दोस्रो लहरको गति अधिक देखिएको छ । 

सशस्त्र प्रहरी बलका एसपी तीर्थ पौडेल सीमा नाकामा सुरक्षा जाँचलाई कडा पारिएको दाबी गर्छन् । मानिसको आउजाउ बाक्लिदो रहेको बताउँदै उनले भने, “खुल्लासीमाका कारण आवत–जावतमा कडाइ गर्न समस्या भएको छ । तर पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको छ ।” उनले सीमाको गतिविधिको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउने गरेको सुनाए । निरीक्षणमा सीमा क्षेत्रमा पुगेकी सामाजिक विकास मन्त्री राईलाई उनले आफूहरूको तर्फबाट कमजोरी हुन नदिने बताए । 

विराटनगर महानरपालिकाले विगतमा आइसोलेसन सञ्चालन गरेको थियो । महानगरमा व्यवस्थित क्वारेन्टिन थिए । होल्डिङ सेन्टर स्थापना गर्नसमेत पूर्वाधारको व्यवस्थापन महानगरले नै गरेको थियो । महानगरका मेयर भीम पराजुली अहिले पनि तीव्र गतीमा फैलिरहेको कोरोना नियन्त्रणका लागि महानगरले काम थालेको बताउँछन् । “कोरोनाको तीव्र फैलावटबाट हामीलाई पनि चिन्तित बनाएको छ । यसको रोकथामको लागि हामीले काम थालेका छौँ,” उनले भने। 

अघिल्लो पटकको संक्रमणका बेला महानगरकै पहलमा कोसी अस्पतालमा पीसीआर मेसिन खरिद गरिएको थियो । कोभिड लागेका बिरामीलाई अक्सिजनसहितको उपचार सेवाको लागि एकसय बेड क्षमताको नागरिक केयर सेन्टर पनि सञ्चालन गरिएको थियो । 

पराजुली आफैँले अक्सिजन चाहिने नागरिकका लागि अक्सिजन घर–घर लगेर वितरण गरेका थिए । ज्येष्ठ नगारिकको स्वाब लिन पनि घरसम्मै पुग्ने गरी मोबाइल स्वाब संकलन भेइकल सञ्चालन गरिएको थियो । यसपटक भने प्रदेश सरकारबाट खासै सहयोग र समन्वय नभएको मेयर पराजुलीको भनाइ छ ।

संक्रमणको बढ्दो ग्राफले थपियो चिन्ता
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा पुगेको छ । शुक्रबार मात्र ११६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र बेलबारीमा १–१,  झापाको  दमक र अर्जुनधारामा ४–४, भद्रपुरमा २, कनकाई, मेचीनगर, विर्तामोड र झापा गाउँपालिकामा १–१, सुनसरीको  धरानमा ४, इटहरी र इनरुवामा २–२ र बराहक्षेत्रमा १, उदयपुरको  कटारीमा ४, धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकामा १–१, भोजपुरको षडानन्द, टेम्केमैयुङ र भोजपुर नगरपालिकामा १–१,संखुवासभाको धर्मदेवी र सिलिचोङमा १–१, ते¥हथुममा १, इलाममा १, ताप्लेजुङको पाथीभरा याङवरकमा १ र ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार १८६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ७७६ पुगेको छ । प्रदेश १ मा शुक्रबार ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC