site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले सन् २०३० सम्म कार्बन उत्सर्जन ५० प्रतिशतले घटाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वासिङ्टन । जलवायु संकटको सामना गर्न अमेरिकाले यो दशकको अन्त्यसम्ममा कार्बन उत्सर्जन कम्तीमा आधा घटाउने प्रतिबद्धता गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० सम्ममा कार्बन उत्सर्जन कम्तीमा ५० प्रतिशतले कम गर्ने प्रतिबद्धता व्यक्त गरेका गार्जियनले जनाएको छ ।

दर्जन बढी देशका प्रतिनिधिहरूको जलवायु सम्बन्धी भर्चुअल सम्मेलनअघि राष्ट्रपति बाइडेनले महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेका हुन् । यद्यपि यो लक्ष्य संयुक्त राष्ट्रसंघमा औपचारिक रूपमा पेश हुन भने बाँकी नै छ ।
 
बाइडेनको यो घोषणाले जलवायुको मुद्दालाई अमेरिकाले पुनः महत्वका साथ उठान गरेको सन्देश प्रसार भएको ह्वाइट हाउसका एक प्रवक्ताले प्रतिक्रिया दिएका छन् । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई पूर्णतया बेवास्ता गर्दै पेरिस जलवायु सम्झौताबाट बाहिरिएका थिए ।

ट्रम्पको कार्यकालमा अमेरिका उक्त सम्झौताबाट बाहिरिएपछि बाइडेन अन्तर्राष्ट्रिय विश्वसनीयता हासिल गर्न आतुर थिए । उनको यो घोषणाले धेरै कार्बन उत्सर्जन गर्ने देशहरूलाई पनि यस्तै कदम चाल्न दबाब दिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  २३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC