site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कर्णालीको झड्काले हतास भएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सत्ता जोगाउने कबचका अमेरिकी अनुदान सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) लाई संसद्बाट अनुमोदन गर्ने विषयलाई प्रयोग गर्न खोजेको देखियो । प्रधानमन्त्री ओलीको यस जालमा फसेर राजनीतिक दलका नेताहरू ‘पञ्चतन्त्र’को कथाको सुनको बालामा लोभिएर बूढो बाघको आहारा बन्ने बटुवा हुने त हैनन् ? 

प्रधानमन्त्री ओलीलाई हटाउन चाहने तर आँट गर्न नसक्ने विपक्षी नेताहरू पनि एमसीसीकै कारण सहमतिमा पुग्न नसकेको समाचार सार्वजनिक भएको छ । एमसीसी अनुमोदन गर्ने विषयले ओलीविरुद्ध सत्ता समीकरण बन्न रोकिएको हो भने नेपालका राजनीतिक नेतृत्वलाई ‘नालायक’ र ‘जनविरोधी’ भन्न हिचकिचाउनु पर्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले ‘असंवैधानिक’ ठहर गरी बदर गरिदिएपछि नैतिक जिम्मेवारी लिएर उनले पद त्याग गर्नुपर्थ्यो । उनले राजीनामा नगरेपछि विपक्षी दलहरूले नैतिक एवं राजनीतिक कारणले यो सरकार हटाउनु जरुरी थियो । विडम्बना, विपक्षी राजनीतिक नेतृत्व मेरुदण्डहीन देखिन पुग्यो ।

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन भने नैतिक र  राजनीतिकबाहेक पनि आवश्यक छ । कोभिड(१९ को सङ्क्रमणले भयावहरूप लिने लक्षण देखाइसक्यो । यस्तो अवस्थामा महामारी रोक्न र  अर्थतन्त्र जोगाउँदै जनजीवन सुरक्षित एवं सहज बनाइराख्न दह्रो, जनमुखी, संवेदनशील र जिम्मेवार सरकारको खाँचो हुन्छ । तर, प्रधानमन्त्री ओलीको सरकारबाट सामान्य सुझबुझ, विवेक र जनताप्रति संवेदनशीलताको अपेक्षा गर्न सकिने देखिएन ।

Global Ime bank

शिक्षा र स्वास्थ्य मन्त्रालयका बीचमा देखिएको अन्तर्द्वन्द्वमात्रले पनि ओली सरकारले यस्तो विपत्तिका बेलामा शासन चलाउन नसक्ने पुष्टि भएको छ । त्यसमाथि सरकार प्रमुख नै संवेदनहीन र गैरजिम्मेवार हुँदा भारत, अमेरिका, ब्राजिलजस्ता अपेक्षाकृत साधन सम्पन्न मुलुकले कोभिड-१९ को महामारीमा बढी आक्रान्त बन्नुपरेको दृष्टान्त हाम्रा सामु नै छ ।   

एमीसी अनुदानसम्बन्धी सम्झौता संसद्ले अनुमोदन गर्नुपर्छ ।यस विषयका लामै विवाद भई पनि सकेको छ । अनावश्यकरूपमा विवादमा ल्याइएको यस सम्झौतालाई अहिले सत्ता जोगाउने टेको बनाउने प्रधानमन्त्री ओलीको चालमा परेर अलमलिनु राजनीतिक र रणनीतिक दृष्टिबाट समेत विपक्षीहरूका लागि सही हुँदैन । 

संविधान मिच्ने र जनताका समस्याप्रति संवेदनशील नहुने व्यक्तिलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनु नेपाली जनता र नेपालको संविधानको अवहेलना गर्नु हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न मन नभए अरू कसैलाई मौका दिए हुन्छ । कांग्रेसमा प्रधानमन्त्री हुन योग्य सांसदहरूको खाँचो पक्कै छैन । 

कांग्रेस सरकारमा जान तयार नभए नेकपा (माओवादी केन्द्र) वा  जनता समाजवादी दललाई सरकारको नेतृत्व गर्न सघाए पनि हुन्छ । तर, एमसीसीको बहानामा ओलीलाई सघाउने वा टिकाउने गर्नु नेपालको लोकतन्त्रका लागि मात्र होइन कांग्रेसकै निम्ति पनि आत्मघाती हुनेछ ।
 प्रधानमन्त्री ओलीका लागि एमसीसी यस्तो प्राथमिकताको विषय हुन्थ्यो भने तीन वर्षसम्म चुप लागेर पक्कै बस्ने थिएनन् । अहिले पनि उनैले एमसीसी पारित गर्ने सर्तमा पद त्याग गरी बाटो खोले हुन्न ? स्पष्टै छ, उनको चिन्ता एमसीसी पारित गर्ने नभएर सत्ता जोगाउने हतियार बनाउनेमात्र हो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC