देश
काठमाडौं । काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरी चलेको छ ।
प्रदेश नम्बर एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी बढी चलेको मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीलाई जानकारी गराइन् ।
उनका अनुसार शुक्रबार र शनिबार पनि अपराह्नपछि हावाहुरी चल्ने छ । प्रि मनसुन गतिविधि सक्रिय भएकाले हावाहुरी चलेको उनले जानकारी गराइन् ।
हावाहुरीसहित काठमाडौंका विभिन्न स्थानमा बिजुली पनि अनियमित भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८ २१:५२
प्रतिक्रिया दिनुहोस्