देश
विराटनगर । प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ ।
प्रदेश १ मा बुधबार २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८ १८:३५
प्रतिक्रिया दिनुहोस्