site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अफिम खेती नष्ट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जाजरकोट । नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानुनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए । 

“घरेलु मदिरा नियन्त्रण, गाँजाखेती नष्ट, जुवातास नियन्त्रण तथा न्याय र शान्ति सुरक्षामा नकारात्मक असर पार्ने सबै प्रकारका गतिविधिविरुद्ध प्रहरी आक्रामकरूपमा लागेको छ’’, उनले भने । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मद्दत गर्ने उनको भनाइ छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC