site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्सका विदेशमन्त्री भारत भ्रमणमा आउने
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । उनले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका विदेश मन्त्रीको तीनदिने औपचारिक भ्रमणका बारेमा जानकारी दिएको हो । उनले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा एस जयशंकरसँग अप्रिल १३ मा विषेश भेटवार्ता गर्नेछन् । उनीहरुकाबीचमा दुई पक्षीय सम्बन्ध, साझा चासो र सरोकारका विषयमा छलफल हुने जनाइएको छ । 

फ्रान्सका विदेश मन्त्री ड्रियानले भारतका वातावरण, वन तथा जलवायु मन्त्री प्रकाश जाभादेकरसँग जलवायु परिवर्तन र त्यसका चुनौती सामना गर्न सहकार्य गर्ने बारेमा छलफल गर्ने कार्ययोजना रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC