अर्थ व्यवसाय
काठमाडौं । सनुचाँदीको भाउ घटेको छ । हिजो (मंगलबार)को तुलनामा आज (बुधबार) छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ८५ हजार ६ सय कायम गरेको छ । हिजो तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि घटेर ८५ हजार १५० कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको भाउ १२ सय तल आइपुगेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको ११ सय ९५ तोकेको छ । हिजो तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७ ११:५५
प्रतिक्रिया दिनुहोस्