अर्थ व्यवसाय
काठमाडौं । सिभिल बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनि विक’मा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको छ । बैंकल विराटनगर, जनकपुर, धुलिखेल, बनेपालगायत क्षेत्रमा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको जनाएको छ ।
यसैबीच, सिभिल बैंक र आइसनबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग सात राष्ट्रहरु (भारत, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इजिप्ट, अमेरिका र बेलायत)मा अनुबन्धित ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा पहिलोपटक ७ प्रतिशत छुट पाउने तथा दोस्रोपटकदेखि थप ५ प्रतिशतसमेत छुट पाइने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७ १७:१८
प्रतिक्रिया दिनुहोस्