site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले लन्च गरे नयाँ आधिकारिक वेबसाइट 
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट (www.45office.com) सुरु गरेका छन् । यो प्लेटफर्म उनका समर्थकहरुसँग सम्पर्कमा रहनका लागि र कार्यालयमा आफूले कसरी समय बिताएको भन्ने प्रस्तुत गर्नका लागि रहेको बताइएको छ ।

यो वेबसाइटको होमपेजमा ट्रम्पका विभिन्न तस्बिरहरु देख्न सकिन्छ, जसमा उनकी पत्नी मेलानिया, सेनाका सदस्य, राष्ट्रपति हुँदा विश्व नेताहरुसँग विभिन्न समारोहमा लिइएका फोटोहरु पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वेबसाइटमा ‘ट्रम्प अफिस’ उनको महान् ट्रम्प विरासतको संरक्षण गर्न र सँगसँगै ‘अमेरिका फर्स्ट’को एजेन्डालाई अगाडि बढाइराख्नका लागि प्रतिबद्ध रहेको भन्ने सन्देश लेखिएको छ ।

यसको ‘अबाउट’ भन्ने अंशमा ८५० शब्दमा ट्रम्पको कार्यकाल अवधिका उपलब्धिबारे व्याख्या गरिएको छ, जसलाई ट्रम्पले प्रायः उल्लेख गर्ने गरेका थिए । सीमा सुरक्षा, अन्तर्राष्ट्रिय गठबन्धन, नाटो र कोरोना महामारीमा उनको प्रतिक्रियाजस्ता विषयबारे यसमा विस्तृतमा लेखिएको छ । तर, अर्कोतर्फ उनका कान्ड, भ्रष्टाचारबारे अनुसन्धान, दुईपटकको महाअभियोग, लोकतन्त्रमाथिको हमलालगायत चर्चामा रहेका विवादास्पद घटनाबारे कुनै उल्लेख छैन ।

Global Ime bank

सन् २०२० को निर्वाचनमा हार व्यहोरे तापनि रिपब्लिकन पार्टीमा ट्रम्पको लोकप्रियता अत्यधिक रहेको छ र पार्टीमा उनको प्रभावलाई अझै धेरै महत्वपूर्ण मानिन्छ । यही कारण उनले २०२४ मा फेरि चुनाव लड्ने संकेत पनि दिइसकेका छन् ।

अघिल्लो महिना फक्स न्युजसँगको अन्तर्वार्तामा उनका चुनावी प्रवक्ता जेसन मिलरले ट्रम्ले अबको दुई–तीन महिनाभित्र आफ्नै सोसल मिडिया प्लेटफर्म खोल्ने बताएका थिए । जनवरी ६ मा भएको अमेरिकी संसद्माथि हमलापश्चात् ट्रम्पलाई ट्विटर, फेसबुक र अन्य चर्चित सामाजिक सञ्जालबाट हटाइएको थियो । रोटयर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC