site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु, सार्वजनिकस्थलमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेपछि भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि रात्रीकालिन कफ्र्यु घोषणा गरिएको छ । भारतको आर्थिक राजधानी मुम्बईमा बितेको २४ घण्टामा हालसम्मकै धेरै ६ हजार एकसय २३ संक्रमित भेटिएपछि यस्तो निर्णय आएको हो ।

कम्तिमा अप्रिल १५ सम्म जारी रहने यो नियम रातको ८ बजेदेखि बिहानको ७ बजेसम्म लागू हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त समयमा बगैंचा, समुन्द्रि किनारलगायतका सर्वजनिक स्थलमा पाँच जनाभन्दा बढी मानिस भेला हुन समेत रोक लगाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो नियम होटल, पब, रेष्टुरेन्ट, सिनेमा हल र सपिङ मलमा समेत लागू हुने मुम्बइका मेयर किशोर पेडनेकरलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । नियम उल्लंघन गर्नेलाई १००० भारतीय रुपैयाँ जरिवाना गरिने समाचारमा जनाइएको छ ।

Global Ime bank

भारतमा हिजो शनिबार मात्र ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक संक्रमितको यो संख्या नोभेम्बरयताकै धेरै हो । मुम्बई शहरका धेरै सरकारी अस्पतालमा क्रिटिकल केयर शैयाको समेत अभाव भएको बताइएको छ ।

भारतको थोरै जनसंख्याले मात्र कोभिड खोप प्राप्त गर्दा मोदी सरकारको खोप निर्यात अभियानका विषयमा असन्तुष्टिहरु बढ्न थालेको छ । भारतले अनुदान र व्यापारिक हिसाबले हालसम्म ७७ देशमा ६ करोड १० लाख डोज खोप निर्यात गरेको छ । यद्यपी भारतमा हालसम्म कुल जनसंख्याको ४ प्रतिशत ले मात्र खोप प्राप्त गरेका विज्ञहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC