site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म लगानी आकर्षित हुँदैनः शेखर गोल्छा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन् ।

महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागि परेको भन्दै उनले ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल’ महासंघको नारा रहेको बताए । महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकमा उनले वस्तुगत संघहरू महासंघको ‘ब्रेन’को रुपमा रहेको बताए । महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

महासंघको भिजन पेपर आगामी चैत्र २८ बाट सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझावहरूको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने पनि उनले बताए ।

महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकले उप–सभापतिमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाइ शाक्यलाई चयन गरेको छ । परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रितेस लामिछाने छानिएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC