site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार ‘कू’ : सेना नियन्त्रित कम्पनीमा प्रतिबन्ध लगाउँदै अमेरिका
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले म्यानमार सेनाको नियन्त्रणमा रहेका दुई बहुराष्ट्रिय कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सैन्य ‘कू’को विरोधमा भएको प्रदर्शनमा हिंसात्मक हस्तक्षेप गरेपछि अमेरिकाले म्यानमारका उच्च सैनिक अधिकारीको स्वामित्वमा रहेका कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

म्यानमार इकोनमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनमिक होल्डिङ्स लिमिटेड (एमईएचएल)लाई कालोसूचीमा राख्दै यी कम्पनीका अमेरिकामा भएको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दैै समाचार संस्था रोयटर्सले जनाएको छ ।

निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले गएको फेब्रुअरी १ मा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत अन्य निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिई शासनसत्ता आफ्नो हातमा लिएको थियो । गत नोभेम्बरमा भएको उक्त निर्वाचनमा सूकीको पार्टी विजयी भएको थियो ।

Global Ime bank

सैन्य ‘कू’विरुद्ध भएको प्रदर्शन दमन  गर्न सेना हिंसात्मक रुपमा प्रस्तुत हुँदा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि नै अमेरिका, बेलायत, क्यानडा र युरोपेली संघले म्यानमार सेनाका उच्च अधिकारीहरुमाथि केही प्रतिबन्धहरु लगाइसकेका छन् । लामो समयदेखि म्यानमारको अर्थव्यवस्था सेनाको नियन्त्रणमा छ । सेनाले होल्डिङ फर्म र सहायक कम्पनीमार्फत यहाँको मदिरा, चुरोट, टेलिकम, टायर, खनिज र रियल स्टेटमा ठूलो लगानी गरेको जनाइएको छ ।

प्रदर्शनकारीले सेनालाई आर्थिक रुपमा कमजोर बनाउन यहाँका ग्यास र तेल क्षेत्रमा समेत प्रतिबन्ध लगाउन आह्वान गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC