अर्थ व्यवसाय
काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय कायम गरेको छ । गएको शुक्रबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि बढेर ८६ हजार ७५० पुगेको छ ।
यसैगरी, चाँदीको भाउ पनि बढेर तोलाको १२ सय ८० पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७ ११:२०
प्रतिक्रिया दिनुहोस्