site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुनर्बिमा अध्ययन प्रतिवेदन तयार, बोर्ड र सरकारसँग छलफल गरेर निर्णय लिन्छौं : अध्यक्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिमा समितिका अध्यक्ष सूर्य प्रसाद शिलवालले गठन गरेको पुनर्बिमा अध्ययन समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ । समितिका बिमा विज्ञ भोजराज शर्माको नेतृत्वमा बनेको अध्ययन समितिले बुधबार अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदन आफूले बुझेको तर प्रतिवेदनले के कुरा औंल्याएको हेर्न बाँकी नै रहेको समितिको अध्यक्ष सिलवालले बताए । “बुधबार साँझ प्रतिवेदन समितिमा पेश भएको छ, अध्ययन प्रतिवेदनले के कुरा औंल्याएको छ, नेपालमा बिमा बजारको अवस्था कस्तो छ र  नेपाल पुनर्बिमा कम्पनीले कति बजार हिस्सा लिएको छ, प्रतिवेदनमा हेरेपछि थाहा हुन्छ,” सिलिवालले बाह्रखरीसँग भने, “अध्ययन प्रतिवेदन पहिले अध्ययन गरेर बोर्डमा र मन्त्रालयसँग छलफल हुनुपर्यो अनि मात्रै के गर्ने भन्ने निर्णय हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार अध्ययन समितिले अहिलेका पुनर्बिमा कम्पनीले बजारमा पूर्ण रुपमा सेवा दिन नसकेको नेपाल पुनर्बिमा कम्पनीको व्यवसायभन्दा बाहिर पनि ठूलो बजार रहेको औंल्याएको स्रोतको दाबी छ । सिलवाल बिमा समितिको अध्यक्ष नियुक्त भएसँगै अध्ययन गर्दा पुर्नबिमाको आवश्यकता देखिएमा नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिन सकिने बताएका थिए ।

अहिले पुनर्बिमा कम्नीको लाइसेन्सको लागि भनेर ४ वटा समूह लागि परेका छन् । बिमा क्षेत्रमा नै लामो अनुभव बटुलेका एक समूहले ‘काठमाडौं–रि’ नामक पुनर्बिमा कम्पनीको स्थापनाका लागि प्रयास गरिहेको छ । यसमा बिमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह, नेपाल पुनर्बिमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं, महालक्ष्मी विकास बैंकको सीईओ रमेश कुमार भट्टराई, ज्योति विकास बैंकको सीईओ  श्रीचन्द्र भट्ट लगायतले नेतृत्त्व गरिरहेका छन् । उनीहरुले विदेशी पुनर्बिमा कम्पनीलाई साझेदारको रुपमा ल्याउन बताउँदै आएका छन् ।

Global Ime bank

यसबाहेक ‘अन्नपूर्ण’, ‘प्रुडेन्सियल’ र ‘जेन्युन’ गरि थप तिन रि–इन्स्योरेन्स नाम प्रस्वाव गर्दै पहल गरिरहेका छन् । गैरआवशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत एनआरएन र केही व्यवसायीक घरानाहरु ‘अन्नपूर्ण रि’को लागि अगाडि बढोका छन् । यस्तै एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछाने लगायत  एनआरनए र नेपालका केही व्यवसायिक घरानाको नेतृृत्त्वमा प्रुडेन्सियल रि ल्याउन तयारीमा छन् । त्यसबाहेक बिमा समितिकै पूर्व कामु कार्यकारी निर्देशक श्रिमान कार्की, बिमा विज्ञ रविन्द्र भट्टराईलगायतले जेन्युन–रि नाम प्रस्ताव गर्दै प्रक्रिया अगाडि बढाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC