site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई समर्थन गर्न कांंग्रेसको नैतिकताले दिँदैन : पौडेल 
Sarbottam CementSarbottam Cement

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा नेपाली कांग्रेस केपी शर्मा ओलीसँग मिलेर सरकारमा जान नसक्ने बताएका छन् ।

आज बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले ओलीलाई सहयोग गर्नु कांग्रेसको नैतिकताबाहिरको कुरा भएको बताए । उनले प्रचण्ड– नेपाल समूहसँग मिल्न सकिने संकेत पनि गरे । “यस्तो बेलामा केपी ओलीलाई सपोर्ट गर्नु कांग्रेसको नैतिकताले दिँदैन । प्रचण्ड र माधवको विषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभली छलफल हुन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिँदै उनले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने विषय नौलो नभएको आशय व्यक्त गरे । ओलीबाहेकका पार्टीसँग मिलेर अहिलेको देशको संकट टार्नुपर्ने उनको भनाइ थियो । उनले भने, “अहिलेको आवश्यकता के हो, त्यहीअनुसार अघि बढ्नुपर्दछ ।”

देश यथास्थितिमा नरहने भन्दै उनले आन्तरिक रूपमा पार्टीभित्र सरकारमा जाने/नजाने विषयमा छलफल भइरहेको बताए । उनले अहिलेसम्म नेपाल प्रयोगको थलो मात्र भएको बताउँदै आफ्नो भूमिका व्यवस्थालाई बचाउनकेन्द्रित हुने उल्लेख गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC