site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री भन्छन्– विप्लवसँगको वार्तामा छिट्टै सुखद् परिणाम आउँछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँगको वार्ताबाट छिट्टै सुखद् परिणाम आउने बताएका छन् । आफ्नो फेसबुक पेजमार्फत गृहमन्त्री थापाले यस्तो जानकारी दिएका हुन् ।

आज बिहान बालुवाटारमा गृहमन्त्री थापाको नेतृत्वमा रहेको सरकारी टोली र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को टोलीबीच पहिलो चरणको वार्ता भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही वार्ताको विषयलाई लिएर गृहमन्त्री थापाले लेखेका छन्, “मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छ । केही विषयमा छलफल जारी छ ।  छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ ।”

सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC