site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युजिल्यान्डमा एकै महिनामा दुईपटक लकडाउन, नागरिकहरुको धैर्य परीक्षण 
Sarbottam CementSarbottam Cement

वेलिङटन । न्युजिल्यान्डको प्रमुख शहर अकल्यान्डका मेयरले यस महिनाको दोस्रो लकडाउन सुरु हुँदै गर्दा आफ्नो शहरका नागरिकलाई कोभिड विरुद्धको खोप लगाउनमा प्राथमिकता दिन अपिल गरेका छन् । 

२० लाख मानिसहरु बसोबास गर्ने यस शहरमा एक स्थानीय संक्रमित फेला परेपछि प्रधानमन्त्री ज्याकिन्डा एडर्नले यसअघि सात दिनको लकडाउन घोषणा गरेकी हुन् । कोरोना महामारीको अवधिभरि एडर्नले ‘चाँडो र कडा’ कदम उठाउने नीति अपनाउँदै आएकी छन् ।

न्युजिल्यान्डको यही प्रतिक्रियाले कोरोना नियन्त्रणमा यस देशलाई विश्वकै सबैभन्दा सफल तुल्याएको पनि बताइने गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर हालै जारी गरिएको यो नयाँ लकडाउन चाहिँ सामाजिक संजालमा धेरै आलोचित भइरहेको छ । यसले नागरिकहरुको धैर्यताको परीक्षण लिइरहेको बताइएको छ । 

मेयर फिल गोफका अनुसार तेस्रो स्तरको लकडाउन जारी गराउँदा शहरमा प्रति दिन २०० बढीको जागिर जाने गरेको छ भने हरेक दिन झन्डै २ करोड १७ लाख डलर बराबर नोक्सान हुने गर्दछ । 

Global Ime bank

आफ्नो बयानमा उनले भने, “देशको खोप कार्यक्रममा अहिले  अकल्यान्डलाई प्राथमिकता दिन जरुरी छ । अनि मात्र भविष्यमा यस किसिमका लकडाउनबाट जोगिन सकिनेछ । त्यस्तै नागरिकहरुको रोजगारी, आयश्रोत बचाउन अनि राष्ट्रिय अर्थतन्त्र पुनःस्थापनाको काममा अकल्यान्डको भूमिका सुनिश्चित गर्नका लागि पनि हामीलाई खोप आवश्यक छ ।”

एकै महिनामा दुईपटक जारी गरिएको लकडाउनका कारण शहरका केही प्रमुख खेलकुद एवम् सांस्कृतिक कार्यक्रम पनि रद्द गराउनु परेको थियो । त्यस्तै लकडाउनको घोषणापछि मानिसहरुमा चहलपहल बढ्दा ट्राफिकको समस्या पनि अधिक बढ्न पुगेको बताइएको छ । 

एक संक्रमित व्यक्ति कोरोना लागेको एक हप्तासम्म बाहिर खुलेर हिँडडुल गरिरहेको पाइएपछि नै समुदायमा फैलने त्रास बढेको हो । 

त्यसपछि आइतबार दुई अन्य स्थानीय संक्रमण पनि फेला परेका हुन् । सोमबार भने नयाँ बिरामीबारे कुनै खबर गरिएको छैन । 

प्रधानमन्त्री एडर्नले सोमबार बताए अनुसार लकडाउन गर्न बाध्य बनाउने पहिलो संक्रमितले धेरै गलतीहरु गरेका थिए ।

खबरका अनुसार ती व्यक्ति एक संक्रमित परिवारसँग सम्पर्कमा आएका थिए र कोरोना परीक्षण गराइसकेपछि पनि विभिन्न सार्वजानिक स्थलहरु भ्रमण गरेका थिए । 

एडर्नले भनिन्, “यसले अत्यन्तै भयानक परिणाम निम्त्यायो त्यसमा कुनै शंका छैन ।” 

ती व्यक्तिलाई केकस्तो सजायँ दिने भन्ने चाहिँ पुलिसको हातमा रहेको पनि उनले बताइन् । प्यान्डेमिक सुरु भएदेखि न्युजिल्यान्डमा २ हजार संक्रमित फेला परेका छन् जसमा २६ जनाको यसका कारण मृत्यु भएको छ । – रोयटर्सबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC