site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क गर्छौँ : वनमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटनपछि वनमन्त्री आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको उनको भनाइ छ । ‘‘पशुपति आर्यघाटमा १२/१५ हजार तिरेर दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यसैपल्ट यो लागु गर्दै छौँ ।’’

मन्त्री आलेले खुला चिडियाखानाको अवधारणा पनि अगाडि बढाइएको जानकारी दिए । कम्तीमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनको निम्ति छलफल गरिरहेको उनले बताए । ‘‘ओपन जुको रूपमा कन्सेप्ट बनाएको छु । कम्तीमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडि बढाएको छु,’’ उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC