site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री भन्छन्-  डेढ वर्ष प्रतिपक्षमा बस्न तयार छौँ, त्यसपछि दुईतिहाइ आइहाल्छ
Sarbottam CementSarbottam Cement

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको बताएका छन् । गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका हुन् ।

“हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ, तर डेढ वर्षपछि फेरि दुइतिहाइ बहुमत ल्याउँछौँ,” उनले भेलालाई सम्बोधन गर्दै भने, “हामी सुखी नेपाली, समृद्ध नेपालमा अडिग छौँ । अघिल्लोपटक पनि उहाँहरूले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो । हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेला उनीहरूको आन्दोलन ध्वस्त पार्ने योजना रहेको उनले बताए । उनले अहिले पद्धति प्रक्रियाबाट आउन चुनौती दिए । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया, प्रजातान्त्रिक कस्तो रहेछ हामी पनि हेरौँला,” उनले चेतावनीको भाषा प्रयोग गरे, “अविश्वासको प्रस्ताव राखेर हटाउनहोस् न । कमसेकम कुस्तीमा कसले जित्छ, हार्छ भन्ने नियम राखेर भए पनि हटाउनुहोस् । उहाँहरूलाई आफू बलियो छु भन्नेजस्तो लाग्छ, भने कुस्ती खेलेर प्रधानमन्त्री बन्ने नियम बनाउनुहोस् ।”

उनले दिनमै दुई-तीनपटक प्रधानमन्त्री परिवर्तन नहुने बताउँदै भने, “केही त नियम चाहियो नि । संसदीय नियमको अभ्यासको कुरा गर्ने हो भने । संसदको बेहाल उहाँहरूले बनाएको हो । सरकारलाई काम गर्न नदिएको, व्यवधान खडा गरेको उहाँहरूले हो ।” 

Global Ime bank

उनले प्रचण्ड-नेपाल समूहले बहुमत रहेको जिकिर गर्नु निरर्थक रहेको टिप्पणी गरे । “उनीहरूले भनिरहेका छन, हामीसँग केन्द्रीय कमिटीको बहुमत छ, त्यो बहुमत त एकताका लागि मैले नै दिएको हो । एकता गर्दा मैले मेरो नोटकपीमा नाम लेखेर दिएको हो । पार्टी एकताको लागि देश बनाउनका लागि दिएको हो ।”

उनले नियत खराब भएको भए बहुमत आफैँसँग राख्न सक्ने पनि बताए । “म अध्यक्ष नै छु, बहुमत राख्न सक्थेँ, एकताबद्ध भएर जाउँ, देश बनाउँ भनेर हिसाब नगरीकन, जसले जति भन्छ त्यति दिएर पार्टी एकीकरण गरेको हुँ । एकीकरण सक्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गने, देश बर्बाद गर्ने योजना बनाउन थाल्नुभयो,” उनले आक्रोश पोखे ।

उनले शुक्रबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले नेकपा, कांग्रेस र जसपाको सरकार बन्दा चीन र भारत दुवैलाई कम्फर्टेबल हुन्छ भनेर दिएको अभिव्यक्तप्रति पनि कटाक्ष गर्न भ्याए । “देश बनाउने, जनताको सेवा गर्ने, पूर्वाधार विकास गर्ने होइन, सुविधा बनाउने सरकार होइन, कसका लागि कम्फर्टेबल हुन्छ, त्यो सरकार बनाउने योजना रहेछ,” उनले भने, उहाँहरूले जुन बहुमतको कुरा गर्नुभएको हो, जुन हातले दिएको नाम हो, त्यो हातले काट्न सक्छ । त्यसैकारण मैले अस्तिको दिनमा मुख्य सचेतकलाई बोलाएको थिएँ, देवप्रसाद गुरुङलाई । मैले बनाएको हो, हटाइदिएँ । मैले अर्को सचेतक बनाएँ । उहाँहरूले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो, अहिलेसम्म उहाँहरुलाई चलाएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC