site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

कुनै एउटा मुद्दामा भएको फैसलाको आलोचनालाई अदालतको अवहेलना ठानेर विराटनगर उच्च अदालतका न्याधीशले दिएको सजाय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । उच्च अदालतको निर्णय बदर गर्ने फैसलामा ‘अवहेलना’ सम्बन्धी विषयलाई ‘न्यायाधीशको आलोचना रोक्ने अस्त्र’ बनाउन नहुने पनि उल्लेख भएको छ । सम्भवतः न्यायाधीशको 'न्यायिक मन' यस्तै निर्णयमा प्रकट हुन्छ ।

सार्वजनिक जीवन रोज्नेहरूको वैयक्तिक आचरणसमेत नागरिकको निगरानीमा हुन्छ । त्यसमाथि कसैको आचरण वा निर्णयले अरूको जीवनमा प्रभाव पार्छ भने त झन् तिनका क्रियाकलाप सार्वजनिक निगरानीको विषय बन्नै पर्छ । यसैले अदालत र न्यायाधीशका निर्णयमात्र हैन गतिविधि पनि  सार्वजनिक चासोका विषय हुन् । यही निगरानी सामान्यतः सञ्चारकर्मीबाट हुने गर्छ । 
 
न्यायाधीशहरूले यदाकदा न्यायालयको अवहेलनामा गरिने कारबाहीलाई प्रायः व्यक्तिगत आलोचनाबाट जोगिने सुरक्षा कवचका रूपमा प्रयोग गर्न खोज्दा भने सञ्चारकर्मीको दायित्वसँग द्वन्द्व उत्पन्न हुने हो । सञ्चारकर्मीले पनि न्यायाधीशको कुनै निर्णय वा आचरणमा मर्यादाको सीमा नाघेर आक्रमण गर्न खोजे भने त्यस्तै द्वन्द्व उत्पन्न हुन्छ । 

यसैले न्यायालयको मर्यादा र सञ्चारकर्मीको सार्वजनिक दायित्वबीच रेखा कोरिनु आवश्यक र उचित देखिन्छ । हालै समाचारबाट अदालतको अवहेलना भएको भन्ने मुद्दामा विराटनगर उच्च अदालतको फैसला खारेज गर्ने  निर्णयले यसमा मार्गदर्शन गरेको छ । 

सर्वोच्च अदालतको फैसलामा ‘अवहेलना’ सम्बन्धी विषयलाई ‘न्यायाधीशको आलोचना रोक्ने अस्त्र’ बनाउन नहुने स्पष्ट निर्देश छ । यसैगरी न्यायिक निर्णयको ‘स्वच्छ र मर्यादित’ समीक्षा एवं टिप्पणीबाट अदालतको कामकारबाहीको सुधारमा सहयोग पुग्ने पनि सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ ।    

प्रेस तथा न्यायपालिका दुवैको स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिँदै ‘समय, विषय र परिस्थितिवशका रूपमा हुने त्रुटिहरूको उपचार सजाय होइन, सुधार हुनुपर्ने’ विषयमा सर्वोच्च अदालतले ध्यानाकर्षण गरेको छ । अर्कातिर  पत्रकारिताका मूलभूत मान्यता र सिद्धान्तप्रति पत्रकार स्वयं नै सजग हुनुपर्ने पनि सर्वोच्च अदालतको निर्णयमा निर्देश गरिएको छ ।
 
सर्वोच्च अदालतको यस सराहनीय निर्णयलाई सञ्चारकर्मीले पनि मार्ग निर्देशका रूपमा लिनुपर्छ । प्रेसको स्वतन्त्रताको रक्षा न्यायालयले गर्छ भने न्यायालयको शक्ति यसको साखमा हुन्छ । न्यायालयको मर्यादाको सम्मान यसैले प्रेस स्वतन्त्रताको पनि संरक्षण हो । सर्वोच्च अदालतको यस सन्तुलित र सराहनीय निर्णयलाई न्यायाधीश र सञ्चारकर्मी दुवैले मार्गदर्शनका लिनु उचित हुनेछ ।  
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro