site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिला लघुवित्तको आईपीओ बाँडफाँड, करिब १५ लाख आवेदकले पाएनन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओका लागि आवेदन दिएका १५ लाख ३६ हजार ६८२ आवेदकमध्ये ३७ हजार ५०० आवेदकलाई गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । कुल योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ आवेदकको भने रित्तो हात भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लघुवित्तको आईपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट दुई करोड ३७ लाख ४७ हजार ५९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो । जसमध्ये तीन हजार ३५३ जनाको आवेदन रद्द भएको जनाइएको छ ।

कम्पनीले माघ ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये कम्पनीले पाँच हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्ट्याएको थियो । बाँकी तीन लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

Global Ime bank

कम्पनीले सेयर निष्कासनको लागि गएको माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओ नतिजा सीडीएसीको मेरो सेयर वेबसाइट, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र महिला लघुवित्तको वेबसाइटमा आज केही समयपछि हेर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC