काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज पुनः गरिँदै छ । गत २९ असारमा पनि सुरुङमा पानी परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिकामा रहेका -अम्बाथानको गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसकाे फुटेकाे गेटकाे मर्मतपछि आज पुनः सुरूङमा पानी पठाएर परिक्षण गर्न लागिएको हाे ।
साढे २६ किलोमिटर लामो सुरुङमा आज खानेपानी मन्त्री मणि थापाले पानी पठाएर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
पानी परिक्षण गर्दा सुरूङकाे क्षमताकाे निकै कम मात्र पानी छाेडिने उनले बताए । पानी परिक्षण गर्नु अघि विदेशी विशेषज्ञसहितकाे एक टाेलीले निरीक्षण गरिसकेकाे उनले बताए । "याे भन्दा अगाडि जस्ताे घटना भएकाे थियाे त्यस्ताे नहाेस भनेर सबै सावधानी अपनाएका छाैं," उनले भने ।