site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थुनुवा कक्षमै एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

दाङ । थुनुवा कक्षमा रहेका एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहानै पक्राउ परेका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो ।

रोल्पा स्थायी घर भई दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा भाडामा बस्दै आएका वलीलाई श्रीमतीकै आग्रहमा शनिबार राति मात्रै प्रहरीले पक्राउ गरेको थियो । डीएसपी शिबबहादुर सिंहका अनुसार वलीकी पत्नी उच्च अदालतमा उपस्थित भएर श्रीमानले आफूलाई मदिरा सेवन गरी मार्न थालेको हुँदा सुरक्षाको माग गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राति १० बजेतिर मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मापसे जाँचपछि उनलाई थुनुवा कक्षमा राखिएको थियो । 

उनी तुलसीपुरमा कान्छी पत्नीसँग बस्दै आएका थिए । उनकी जेठी पत्नी रोल्पामा बस्ने गरेकी छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC