site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१८ क्विन्टल गाँजा जलाइयो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-१, गाल्छाराङमा बारीमा लुकाइराखेको १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाईफायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये राक्सिराङ–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङसमेत प्रहरीले बरामद गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC