site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको राजनीति अहिले ‘एकातिर भिर र अर्कातिर खाल्टो’ को दुरवस्थामा पुगेको छ । संविधानमा हुँदै नभएको लोकतन्त्रमा कल्पनै गर्न नमिल्ने ‘अवशिष्ट’ अधिकार प्रयोग गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गराएपछि मुलुक राजनीतिक दुर्घटनामा परेको हो ।  

जाली तर्क गरेर संविधान र संसदीय लोकतन्त्रको मूल्य मान्यता हनन गर्ने प्रधानमन्त्री ओलीको प्रवृत्ति उनका समर्थकहरूले प्रदेशतिर पनि देखाउन थालेका छन् ।

प्रदेश नम्बर १ र वाग्मती प्रदेश सरकारविरूद्ध प्रस्तुत गरिएको अविश्वासको प्रस्तावमा सम्बन्धित प्रदेश सभामा छलफलै गर्न नदिन गरिएको जालझेल ओली प्रवृत्तिकै विस्तार हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश नम्बर १ मा सरकार पक्षले प्रदेश सभा चल्नै नदिएर र वाग्मतीमा प्रदेश सभामुखले बैठकै सञ्चालन नगरे संविधानको भावना र मर्ममा प्रहार गरेका छन् । दुवै प्रदेशमा ओली समर्थक मुख्यमन्त्री छन् र नेपाल - दाहाल समूहले रकारविरुद्ध अविश्वास प्रकट गरेको छ ।  

लोकतन्त्र जति संवेदनशील छ उत्तिकै सरल र सहज पनि छ । विधि र प्रक्रियाको पालनविना लोकतन्त्र पाखण्ड हुनपुग्छ भने मूल्य मान्यताको सम्मान नभए निर्जीव हुन्छ । यसैले लोकतान्त्रिक संविधान, कानुन, नियम र संसदीय परम्पराको पालना अपरिहार्य हुन्छ । 

Global Ime bank

दुर्भाग्य, नेपालमा भने लोकतन्त्रका आधारभूत मूल्य मान्यताका साथै विधि र प्रक्रियाको अवमूल्यन गर्ने कार्य निरन्तर रहेको छ । प्रदेश सभाहरूमा पनि अहिले यही प्रवृत्ति देखिएको हो ।

हुनत, संसदीय लोकतन्त्रको मर्यादा र मान्यना बुझ्न र पालन गर्न ‘सर्वहाराको अधिनायकत्व’लाई आदर्श मानेर दीक्षित कम्युनिस्टहरूका लागि सहज पनि नहोला । परन्तु, नेपालको संविधानले  संसदीय प्रणाली र लोकतन्त्रका मूल्य मान्यता आत्मसात गरेको छ । यसैले कम्युनिस्टहरूले नरुचाए पनि राज्य प्रणालीभित्र रहेपछि त्यस्ता मूल्य मान्यता अपनाउनै पर्छ । 

अहिलेको एउटा विवाद सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको सत्ताको भागबन्डाले उब्जाएको हो । यही भागबन्डाको किचलो प्रदेशहरूमा संक्रमित भएको देखिन्छ । साथै, संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथि भएको आक्रमणको प्रतिरक्षा अहिलेको आन्दोलनको अर्को पक्ष हो । 

नेकपाको दलगत किचलोको दुष्प्रभाव लोकतन्त्रको मूल्य मान्यतामा पर्न थालेपछि त्यो चिन्ताको विषय बनेको हो । वाग्मती प्रदेश सभामा अविश्वासको प्रस्ताव राख्ने सदस्यहरूले ज्ञापनपत्र नै बुझाएर अल्पमतको सरकार जोगाउन सभामुखले जालझेल गरेको आरोप लगाएका छन् । सभामुखको व्यवहारले त्यसको पुष्टि पनि गरेको छ । 

यसैले प्रदेश नम्बर १ र वाग्मती प्रदेश सभामा प्रस्तुत अविश्वासको प्रस्ताव जालझेल गरेर पन्छाउने कार्य नगरी लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर टुंगो लगाइयोस् । अहिलेको जस्तो रकमी जालझेलले लोकतन्त्रमा प्रहार गर्नुका साथै अराजकता, अस्तव्यस्तता बढाएको छ ।  कम्तीमा जालझेलको संक्रमण त रोक !    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC