site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दा अन्तिम चरणमा पुगेको छ । अदालतका सहयोगी अधिवक्ताले बहस थालेका छन् । यसैबीच सरकार र सत्तारुढ दलका नेता कार्यकर्ताको अभिव्यक्तिले देश मुठभेडतर्फ जाने जोखिम बढाएको देखिएको छ ।

चुनाव हुने वा नहुने निधो नहुँदै विपक्षिविरुद्ध प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनका कार्यकर्ता निकै आक्रामक देखिएका छन् । केन्द्रीय नेताहरूको यही आक्रामक शैली स्थानीय तहमा पुग्दा विपक्षीमाथि भौतिक   आक्रमणका रूपमा देखिन थालेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही आक्रामकताको एउटा उदाहरण बैतडी जिल्लाको डिलासैनी ( ३ मा मंगलबार नेपाली कांग्रेसको विरोध सभामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को ओली समूहका कार्यकर्ताले गरेको ढुंगामुढा पनि हो । सरकारी नेकपाको आक्रमणबाट कांग्रेसका केन्द्रीय नेताहरूलगायत ६ जना कार्यकर्ता घाइते भएका छन् । 
 
चुनाव हुने नहुने निधो भइसकेको छैन । यद्यपि, नेपालको संविधान, २०७२ अनुसार प्रतिनिधि सभा विघटन असंवैधानिक देखिन्छ । यस्तै, निर्वाचन आयोगको तयारी र क्षमता तथा सरकारको अधिनायकवादी सोच एवं शैली हेर्दा घोषित मिति २०७८ साल वैशाखमा चुनाव हुने सम्भावना पनि देखिँदैन ।

यद्यपि, सर्वोच्च अदालतबाट कदाचित् प्रतिनिधि सभा पुनःस्थापना हुने निर्णय भएन भने त चुनाव गर्नुपर्ने नै हुन्छ । परन्तु, सत्तारुढ दलका नेता तथा कार्यकर्तामा यस्तै आक्रामकता देखिने हो भने देशमा निर्वाचन त होइन मुठभेड भने अवश्यै हुनेछ ।

Global Ime bank

सत्तारूढ दलका कार्यकर्तामा उन्माद र आक्रामकता देखिन थालेपछि विपक्ष पनि मुठभेडको मनःस्थितिमा पुग्छ । त्यस अवस्थामा देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने सम्भावना हुँदैन । चुनाव गराउन चाहने सरकारको नेतृत्व त सहिष्णु र संयमित पो हुनुपर्ने हो ।
 
प्रतिनिधि सभा विघटनको असंवैधानिक निर्णय सदर भयो भने पनि प्रधानमन्त्री ओली र उनका सहयोगीले चुनाव टार्ने कुनै न कुनै बहाना खोज्ने अनुमान धेरैले गरेका छन् । कतै सरकारका तर्फबाट देखाइएको आक्रामक व्यवहार चुनाव हुन नसक्ने परिस्थिति बनाउने गरिएको पूर्वाभ्यास त होइन ? 

प्रधानमन्त्री ओलीले चुनाव गराउन नभएर एकलौटी निरङ्कुश सत्ता चलाउन संसद् भङ्ग गराएका हुन् भन्ने दाबी विपक्षीले गर्दैआएका छन् । बैतडीका नेकपा ओलीसमूहका कार्यकर्ताले सुरु गरेको यो भौतिक आक्रमण यत्तिकैमा रोकियो र ढुंगामुढा गर्ने हुल्याहालाई कारबाही गरियो भने यस घटनालाई सामान्य विवादका रूपमा हेर्नुपर्ने हुन्छ ।

नत्र, बैतडीबाट सुरु गरिएको भौतिक आक्रमणको शृङ्खला देशव्यापी हुनसक्छ र त्यसले चुनाव टार्ने अनि मुलुकमा अधिनायकवादी शासन सुरु गर्ने जोखिम बढ्नेछ । सरकार, सर्वोच्च अदालत, विपक्षी दलहरू र नागरिक समाजसमेतले बैतडी घटनालाई अनिष्टको पूर्वसंकेत ठानेर सावधान हुनुपर्ने देखिन्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC