site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस एकजुट भए कसैले हराउन सक्दैन : महामन्त्री कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केपी ओलीले एक्लै चल्ने र एक्लै सरकार चलाउने सोच राख्दा कम्युनिष्ट पार्टी र देश दुर्घटनामा परेको बताएका छन् । प्रतिनिसभा विघटन विरुद्ध दाङको सभालाई संवोधन गरेका कोइरालाले कांग्रेस एक जुट भए कुनै कम्युनिष्टले चिहाउन नसक्ने बताए । 

“कम्युनष्टिको सरकारमा केपी ओलीले आफैं मात्र चलाउने सोच राख्दा दुर्घटना भएको हो,” कोइरालले भने, “यो दुर्घटनामा कोसँग मिल्ने भन्ने बहस भएको देख्दैछु । कांग्रेसले कुनैदपनि कम्युनिष्टसँग मिल्नु आवश्यक छैन ।”
 
उनले नेपाली कांग्रेस एकजुट भएर उभिनासाथ कसैले पनि हराउन नसक्ने भन्दै कांग्रेसभित्रको लघुताभासले कम्युनिष्टले फइदा उठाएको बताए ।
 
“कांग्रेसभित्र आपसी अविश्वास, इतिहासप्रतिको चेत र त्यसले दिएको दायित्व बोक्न नसक्दा कम्युनिष्ट पार्टी यो आकारमा आएको हो,” महामन्त्री कोइरालले भने, “नेपाली कांग्रेससँग यत्रो जल्दोबल्दो इतिहास छ । जनताको अहिले पनि अटल विश्वास र आशा छ । कम्युनिष्ट पार्टीसँग के छ ?” उनले कम्युनिष्टहरुले जनतालाई गफ त दिने भए पनि अरु केही दिँदैनन् भन्ने स्थापित भइसकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

बीपी कोइराला भारतीय स्वतन्त्रता आन्दोलनमा कम्युनिष्टमा लागेर तीन वर्षे जेलजीवनबाट निस्किएपछि कुनै पनि विवेकी व्यक्ति कम्युनिष्ट हुन नसक्ने निष्कर्ष निकाल्नु भएको भन्दै कम्युनिष्टसँगको सहकार्यले पनि कांग्रेसलाई फाइदा नगर्ने बताए । “बीपी कोइरालले जीवनभर कम्युनिष्टसँग सहकार्य गर्नुभएन,” डा. कोइरालले भने, “अहिले पनि हामीले कुनै कम्युनिष्टसँग मिल्नु हुँदैन र कम्युनिष्टजस्तो जनतालाई गफ दिने तर केही पनि गर्न नसक्ने बन्नु पनि हुँदैन ।”

उनले कम्युनिष्ट सरकार बनेपछि अर्बौंका भ्रष्टाचार काण्ड भएको भन्दै कम्युनिष्टहरुले आफ्नो रक्षाको माध्याम नै भ्रष्टाचार गरेर कमाएको कालो धनलाई बनाउने गरेको बताए ।

Global Ime bank

“कम्युनिष्ट सरकार बनेपछि भ्रष्टाचारका काण्डै काण्ड भएका छन् । भारतको पश्चिम बंगालका कम्युनिष्टहरुले झण्डै ३० वर्ष यस्तै काण्ड मच्चाएर चलाउने र जनतालाई भ्रमित पार्दै  शासनसत्ता चलाएका थिए,” कोइरालाले भने, “अहिले पश्चिम बंगालमा ममता वेनर्जी मुख्यमन्त्री बन्दै गर्दा कम्युनिष्टहरु पत्तासाफ भएका छन् । नेपाली कांग्रेसले पनि त्यस्तै अवस्था ल्याउन जनताको विश्वास जित्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC