देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ६ सय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका ३१ वर्षीय राजीव लामा छन् ।
दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा ब्यागभित्र टर्चलाइटमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनलाई लिन आएका अन्य तीन जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७ १९:३५
प्रतिक्रिया दिनुहोस्