site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डले पार्टीमा संकटको बिजारोपण गरे : ज्ञवाली
Sarbottam CementSarbottam Cement

तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएर चार/पाँचजना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा संकटको बिजारोपण गरेको बताएका छन् ।

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेको समेत बताए ।

पार्टी सरकार सञ्चालन गर्ने अवस्थामा जतिजति बेला पुग्छ, त्यतित्यति बेला अवसर लिन दौडिने समूहले प्रधानमन्त्री र सरकारलाई चौतर्फी घेराबन्दी गरी विकासका गतिविधि अगाडि बढाउन नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाइ छ ।

Global Ime bank

यसैगरी, नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको ? भन्दै प्रश्न गरेका थिए । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उनको भनाइ थियो । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC