site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Sarbottam CementSarbottam Cement

किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकालु–३, हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् । मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृतक राईका श्रीमान्–श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेमकुमारीको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले जानकारी दिए । अहिले स्थानीयले खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन् । रासस
प्रतीकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC