बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जर्मनीमा ६० हजार कोरोना सङ्क्रमितको मृत्यु
बाह्रखरी - शुक्रबार, माघ २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बर्लिन । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका बिरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरु भएपछि अहिलेसम्म २० लाख व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

Agani Group

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड-१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । (रासस/एएनआई)

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्