site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस, बिहीबारबाट मौसमी बदली सुरु हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस रहेको मौसमविद् शान्ति कणेलले जानकारी दिइन् । 

उनका अनुसार दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ भने मौसम सफा रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

तराईका जिल्लामा अहिले बाक्लो हुस्सु लागेको छ । अपराह्नसम्म हुस्सु हटेर जाने मौसमविद् कणेल बताउँछिन् । तराईका भू–भागमा  हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविद् कणेलको आग्रह छ । 

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश  १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको सम्भावना रहेको उनको भनाइ छ । 

Global Ime bank

यस्तै आज राति प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपाको सम्भावना रहेको छ ।

यसैबीच, आज र भोलि मौसमी प्रणालीमा उल्लेख्य परिवर्तनको सम्भावना नदेखिए पनि विहीबारबाट भने बदलीको सम्भावना रहेको मौसमविद् कणेलको भनाइ छ । “विहीबारबाट आउने मौसमी बदलीले पानी पार्ने र मजाले हिमपात गराउन सक्ने सम्भावना रहेको छ,” उनी भन्छिन्, “यसबारे हामी केही विशेष बुलेटिनहरु दिँदै जाने छौं ।” 

यो वर्ष आजसम्म उल्लेख्य मौसमी प्रणाली नभित्रिएका कारण पानी पर्न सकेको छैन भने जाडो पनि कम भएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC