site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस, तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस मापन गरिएको हो । आइतबार बाठमाडौंको तापक्रम १.८ डिग्री सेल्यिस थियो ।
आज दिउँसो काठमाडौंको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने छ । मौसमविद् मञ्जु वासीका अनुसार दिउँसो काठमाडौंको मौसम सफा रहने छ । 

तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । अधिकांश जिल्लामा अपराह्नदेखि दिउँसो २ बजेसम्म हुस्सु हटे पनि केही जिल्लामा भने साँझसम्म रहने सम्भावना रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तराईमा बाक्लो हुस्सु लागेका कारण सवारी साधान सञ्चालनमा कठिनाइ हुँदै आएको छ । कतिपय विमानस्थलमा न्यून भिजिविलिटीका कारण हवाई यातायातसेवा समेत प्रभावित हुँदै आएको छ । २५ सय मिटरभन्दा कम भिजिविलिटी भएको अवस्थामा विमान उडान तथा अवतरणमा अवरोध आउँछ । 

आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपाको संभावना रहेको छ ।  

Global Ime bank

यसैबीच, अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जुको भनाइ छ । “हामीले सामान्यतया तीन दिनको मौसमी प्रणाली हेर्छौं । तीनदिनको मौसमी प्रणाली अनुसार पानी पर्ने सम्भावना देखिएको छैन,” उनी भन्छिन् । 
पानी पार्ने तहको मौसमी प्रणाली नेपाल नभित्रिएको उनी बताउँछिन् । 

पश्चिमी वायुको प्रभाव कम भएका कारण यो वर्ष अहिलेसम्म पानी परेको छैन र जाडो पनि कम भएको छैन । “पश्चिमी वायुको प्रभावले हिउँदमा जति पानी पर्नुपर्ने थियो, परेको छैन । पानी नपरेका कारण राजस्थान तथा पश्चिमबाट आउने वायुमा चिसोको मात्रा बढेर आइरहेको छ । त्यसैले चिसो बढिरहेको छ,” मौसमविद् मीन अर्याल भन्छन्, “पानी परेको भए पश्चिमी वायुमा चिसोको मात्रा कम हुन्थ्यो । र, वायुमण्डल पनि सफा भएर सूर्यको किरण पृथ्वीमा राम्रोसँग आउन पाउँथ्यो ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC