site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेकपाको विरोधसभाले सडक अस्तव्यस्त, हिँडेरै मैदान पुगे खेलाडी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय राजधानीमा यतिबेला राष्ट्रिय महिला लिग फुटबल जारी छ । राष्ट्रिय महिला फुटबल लिगमा उदयपुरको चौदन्डीगढी नगरपालिका र नेपाल पुलिस क्लबबीच आज (शुक्रबार) प्रतिस्पर्धा थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको विरोधसभाका कारण राजधानीको सडक अस्तव्यस्त हुँदा प्रतिस्पर्धामा सहभागीमध्येको चौदन्डीगढी नगरपालिका उदयपुरको महिला टोली हिँडेरै मैदान पुग्न बाध्य भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सडक अस्तव्यस्त हुँदा पनि खेलाडीलाई मैदानसम्म कसरी सुरक्षित पुर्‍याउने भन्नेमा समन्वयकारी भूमिका निर्वाह गर्न भने सकेन । एन्फाको लापरबाहीका कारण लिगका लागि सुन्धारामा बस्दै आएका खेलाडीहरु सुरक्षा चुनौती र कोरोना जोखिमबीच भिड छिचोल्दै मैदान पुगे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्ड-नेपाल समूहले गरेको आन्दोलनका कारण बाटोमा सवारीसाधन गुड्न नपाउँदा खेलाडीहरु सुनधारादेखि कुपन्डोलसम्म पैदलै सडक नाप्न बाध्य भए ।

“हामी सुन्धारामा बसिरहेका छौं । आन्दोलनका कारण कुपोन्डोलसम्म हिँडेरै गयौं । त्यहाँबाट एन्फाको गाडी आएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससम्म पुर्‍यायो,” फुटबलर कुमारी राईले बाह्रखरीसँग भनिन् । खेलाडीहरु दोहोरो जोखिम मोलेर मैदान पुग्न बाध्य रहे पनि सरोकारवाला निकायहरु यसमा भने मौन रहे । 

Global Ime bank

आजको खेलमा भने चौदन्डीगढीको टोली पुलिससँग ६-० गोल अन्तरले पराजित भएको छ । भोलि (शनिबार) का दुई खेल भने स्थगित भएका छन् ।

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement