site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज  
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो । जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । 

नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय